जनकपुर- लागुऔषधसहित सिरहामा दुइजना पक्राउ परेका छन्।
प्रहरीले सिरहा–चोहर्वा सडक खण्डमा जाँचको क्रममा उदयपुरको कटारी नगरपालिका, १ का २५ वर्षीय गोकर्ण थापा र सिरहाको गोलबजार नगरपालिका, ८ का २२ वर्षीय दिपेन्द्र यादवलाई लागु औषधसहित पक्राउ गरेको हो।
स २ प ४४७९ नम्बरको मोटरसाइकलमा भारतीय बजारबाट लागुऔषध लिएर फर्किँदै गर्दा उनीहरु पक्राउ परेका हुन्।
उनीहरूको साथबाट डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध ९१ बाेतल, नाइट्रोसन २० चक्की र पेन्टाल्याब २१ एम्पुल बरादम भएको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।
सिरहासँग सीमा जोडिएका भारतीय बजारहरू जोगिया, लदनिया, लौकहा, वेतौनाबाट लागुऔषध खरिद गरी राजमार्गदेखि उदयपुर जिल्लाको भित्री बजारसम्म पुग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।