काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) ११ सय कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको निर्देशन, केन्द्रले गरेको अनुगमनमा नियम पालना नगरेको आरोप।
२) सञ्चार प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकबारे सर्वोच्चको अन्तरिम आदेश, तत्काल कार्यान्वयन नगर्नु/नगराउनु।
३) शून्य लागतमा कामदार आपूर्ति गर्न सरकारको प्रयास, ओमान र युएई सकारात्मक, अन्तर्राष्ट्रिय मापदण्डअनुसार श्रम सम्झौता गर्न नेपालको प्रस्ताव।
४) नेपाली क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्ने सरकारको निर्णय, जनही ५ लाख नगद प्रदान गरिने।
५) र, भेनेजुयलामा गृहयुद्ध हुनसक्ने राष्ट्रपति मादुरोको अमेरिकालाई चेतावनी, गृह युद्धको सम्भावना नभएको विपक्षी नेताको दाबी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।