काठमाडौं– नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई सोमबार ज्ञापनपत्र बुझाएको छ।
संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको टोलीले मन्त्री यादवलाई वर्तमान बिस्कुट उद्योगको अवस्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा विदेशी बिष्कुटलाई निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, चिनी आयातको ५ प्रतिशत भन्सार महसुल सुबिधा उपलब्ध गर्न, नेपालमा तयारी बिष्कुटको आयात रोक्न र सरकारबाट विशेष सहुलियत प्रदान गर्नका लागि संघले माग गरेको छ।
आयातित बिष्कुटसँग प्रतिष्पर्धा गर्न नसकेका कारण नेपालका बिस्कुट उद्योग खुम्चँदै गएको ज्ञापत्र पत्रमा उल्लेख गरिएको छ।
नेपालमा केही वर्षअघि ७ अरब लगानी रहेका ३५ वटा बिस्कट उद्योग सञ्चालित थिए।
तर, अहिले खुम्चँदै गएर लगभग १६ वटा उद्योगमात्र मात्र सञ्चानमा रहेको संघको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।