काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कार्यदललाई प्रतिवेदन दिएको बुझाउन दिएको समय सीमा पूरा भएको छ। मंगलबारलाई दिएको समय सीमामा कार्यदलले प्रतिवेदन बुझाउन नसकेको हो।
विधानमा संशोधन गर्ने विषय, पोलिट ब्युरो गठनको संख्या र मापदण्ड, केन्द्रीय सदस्यको कार्यविभाजन, जनसंगठन एकीकरण विधि बनाउने लगायत कार्यदलका जिम्मेवारी थिए।
सोमबार मात्रै बसेको पार्टीको सचिवालय बैठकले अहिलेसम्मका कार्यप्रगति विवरणसहित प्रतिवेदन बुझाउन सचिवालयलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।
कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने बताइएको थियो।
अघिल्लो महिना बसेको पार्टीको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो। १० दिनमा प्रतिवेदन बुझाउन भनेको भएपनि कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन।
कार्यदलको छलफलका विषयमा मिडियासँग नबोल्ने संहिता बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।