टाउन्सभिल– अष्ट्रेलियामा भीषण बाढी आएको छ। बाढीबाट मंगलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ।
केही दिनदेखि भएको अविरल वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ।
उद्धारकर्मीहरूले टाउन्सभिल क्षेत्रबाट ६ सय ५० जना स्थानीयको उद्धार गरेका छन्। सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ।
उनीहरू बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वञ्चित हुन पुगेका बताइएको छ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन्।
उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीलाई आग्रह गरेका छन्।
अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ। उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।