• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु निर्वाचन नहुने निश्चित, आरोप-प्रत्यारोपमा विद्यार्थी संगठन

64x64
नेपाल लाइभ बुधबार, माघ २३, २०७५  ०६:३०
1140x725

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्ततः तोकिएकै मितिमा नहुने निश्चित भएको छ।

पूर्वनिर्धारित तालिका अनुसार त्रिभुवन विश्वविद्यालयले चुनावको मिति फागुन १४ गतेलाई तोके पनि उक्त समयमा चुनाव नहुने निश्चित जस्तै भएको छ। चुनावका लागि एक महिनाअघि नै निर्वाचन तालिका सर्वाजनिक गर्नुपर्छ, जुन अहिलेसम्म हुन सकेको छैन। विश्वविद्यालयले भने चुनावी तालिका सार्वजनिक गर्न नसक्नुको कारण विद्यार्थी संगठनबीचको असहमतिलाई देखाएको छ। 

विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले विद्यार्थी संगठनबीच सहमति नभएका कारण निर्वाचन तालिका सार्वजनिक नभएको बताइन्। परीक्षा तालिका, भर्ना, प्रवेश परीक्षा लगायत सबैको तालिका तयार पारेर स्ववियु चुनावको मिति फागुन १४ मा तोकिएकाले एक हप्ताभन्दा पर जान नसकिने उनको भनाइ छ।

‘तोकिएको समयमा नहुने त पक्का भइसक्यो,’ प्राडा त्रिपाठीले भनिन्, ‘हामी एक हप्ता सार्न सक्छौं, त्योभन्दा उताचाहिँ जान सक्दैनौं । त्यसमा पनि सहमति हुन नसके अर्को वर्षको फागुनमा मात्रै चुनाव हुन्छ।’

नेविसंघको अनिच्छा
माउपार्टी नेपाली कांग्रेससहित सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले पनि निर्वाचनमा त्यति रुचि देखाएको छैन। उसले निर्वाचनको वातावरण बन्नुपर्ने भन्दै चुनावप्रति अनिच्छा देखाएको छ। 

स्ववियु निर्वाचनबारे छलफल गर्न १३ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले परिस्थिति प्रतिकूल रहेको भन्दै अहिले चुनाव गर्न नसकिने बताएका थिए। 

स्ववियु निर्वाचनबारे छलफल गर्न माघ १३ मा प्रधानमन्त्री ओलीले बालुवाटारमा राखेको बैठक

Ncell 2
Ncell 2
nimb
nimb

चुनाव टर्न थालेपछि त्यसबारे छलफल गर्न त्रिभुवन विश्वविद्यालयले सोमबार विद्यार्थी संगठनहरुलाई बोलाएको छलफलमा पनि नेविसंघले आफू आन्दोलनमा रहेको भन्दै उपस्थिति जनाएन। 

स्ववियु निर्वाचन तोकिएकै समयमा नहुने अवस्था आएपछि विद्यार्थी संगठनहरु भने एक-अर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन्। उनीहरु एक-अर्कालाई चुनावबाट भाग्न खोजको आरोप लगाइरहेका छन्।

आन्तरिक कलहकै कारण नेविसंघ चुनावमा आउन नचाहेको जानकारहरु बताउँछन्। 

गत पुसमा गर्ने भनिएको १२औं अधिवेशन तोकिएको समयमा हुन नसकेपछि अहिले नेविसंघ विवादको घेरामा छ। संगठन लथालिंग अवस्थामा भएकैले नेविसंघले अहिले स्ववियु चुनाव नचाहेको कतिपयले बताउने गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आरोप–प्रत्यारोपमा विद्यार्थी संगठन
स्ववियु निर्वाचन तोकिएकै समयमा नहुने अवस्था आएपछि विद्यार्थी संगठनहरु भने एक-अर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन्। उनीहरु एक-अर्कालाई चुनावबाट भाग्न खोजको आरोप लगाइरहेका छन्। 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनहरु नेविसंघले चुनाव नचाहेको आरोप लगाइरहेका छन्। त्यस्तै, सत्तारुढ दल निकट विद्यार्थी संगठनले चुनाव नचाहेको नेविसंघको आरोप छ।

तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका सचिव आरसी लामिछानेले आन्तरिक विवादमा फसेका कारण नेविसंघले चुनावबाट भाग्न खोजेको आरोप लगाए। ‘नेविसंघ आन्तरिक विवादमा रुमल्लिएको छ,’ उनको दाबी छ, ‘उसको अध्यक्ष को भन्ने पनि अहिले अन्योलग्रस्त छ। चुनाव सार्न उपकुलपतिमार्फत उसले त्यो कुरा पनि पुर्याएको छ। त्यो षड्यन्त्रलाई हामी सफल हुन दिँदैनौं।’

१४ गते चुनाव हुन नसके फागुनभित्र जसरी पनि चुनाव गराउनुपर्ने उनी बताउँछन्। चुनाव गराउन नसके त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु यथावत् नरहने उनले चेतावनीसमेत दिए। ‘उहाँहरुले निर्धारित मितिमै चुनाव गर्नुपर्छ। उहाँहरु भाग्न पाउन हुन्न,’ उनले भने। 

सत्तारुढ निकट दुई विद्यार्थी संगठनले नेविसंघले चुनाव नचाहेको आरोप लगाए पनि नेविसंघ भने उनीहरुले नै चुनाव नचाहेको बताउँछ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ पनि तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताउँछन्। 

‘नेविसंघले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ गर्ने अनि हामीले चाहिँ त्यसका लागि निर्वाचन रोक्नुपर्ने?’ उनको प्रश्न छ, ‘अहिले कलेज–कलेजमा स्ववियु निर्वाचन गराउने हो कि ताण्डव नृत्य देखाएर हिँड्ने?’

स्ववियु निर्वाचन गराउन नसके विश्वविद्यालयका पदाधिकारीले राजीनमा दिनुपर्ने उनले तर्क गरे। 

सत्तारुढ निकट दुई विद्यार्थी संगठनले नेविसंघले चुनाव नचाहेको आरोप लगाए पनि नेविसंघ भने उनीहरुले नै चुनाव नचाहेको बताउँछ। 

नेविसंघका अध्यक्ष नैनसिंह महर स्ववियुका लागि आफूहरु लडेर आएको भन्दै निर्वाचनभन्दा बाहिर जानै नसक्ने बताउँछन्। सत्तारुढ दलका विद्यार्थी संगठनहरुबीच गुटबन्दी रहेको भन्दै महर उनीहरु नै चुनाव नचाहेको नचाहेको दाबी गर्छन्। ‘एउटै संगठनमा पनि तीन-चार वटा समूह छ,’ उनी भन्छन्, ‘दुई संगठन मिलाउन सकेको अवस्था छैन। उनीहरुभित्र द्वन्द्व भएकाले कसलाई, कसले टिकट दिने भन्ने मारामार छ।’ 

सरकार अलोकप्रिय गतिविधिमा संलग्न भएको दाबी गर्दै महर त्यही कारण सत्तारुढ दलका विद्यार्थी संगठनले चुनाव नचाहेको दाबी गर्छन्। ‘यत्रो चरम आतंक, महँगाइ, भ्रष्टाचार र माफियातन्त्रले जरो गाडेको बेला विद्यार्थीहरु पनि यसबाट निरपेक्ष हुन सक्दैनन्,’ उनी भन्छन्, ‘स्ववियुमा उनीहरुले आफूले सोचेजस्तो प्रतिफल ल्याउन सक्दैनन्। यही कारण यो चुनाव उनीहरुले चाहेका छैनन्।’

यो बेला पनि विद्यार्थी संगठनहरु विभिन्न बहानाबाजी गरेर चुनाव टार्न खोजिरहेका छन्। आफूले जित्ने अवस्था आए मात्र चुनावमा भाग लिने तर हार्ने अवस्थामा चुनावै हुन नदिने पुरानै रोग उनीहरुमा देखिन थालेको छ।

लामिछाने भने चुनावमा आएर आफूहरुलाई पराजित गर्न नेविसंघलाई चुनौती दिन्छन्। ‘त्यसो हो भने चुनावमा आएर हामीलाई हराए भयो,’ उनले भने, ‘उहाँहरुले चुनावमा आएर यो अवसरलाई सदुपयोग गर्नुपर्छ।’

संक्रमणकाल सकियो, सकिएन बहानाबाजी
नियमअनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विभिन्न कारण देखाउँदै नियमित रुपमा हुन सकेको छैन। 

२०२० भदौ २० मा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने व्यवस्था सुरु गरेयता २०६० सालसम्म नियमित चुनाव भए पनि त्यसयता भने हुन सकेका छैनन्। राजनीतिक संक्रमणलाई देखाउँदै २०६५ मा भएको निर्वाचन झन्डै ८ वर्षपछि २०७३ सालमा भयो, त्यो पनि आंशिक रुपमा मात्रै। 

अहिले भने नयाँ संविधान जारी भएर बलियो सरकार बनेको छ। राजनीतिक मुद्दाहरुको मोटामोटी समाधान भएको भन्दै आर्थिक विकासमा लाग्ने भनिएको छ। 

यो बेला पनि विद्यार्थी संगठनहरु विभिन्न बहानाबाजी गरेर चुनाव टार्न खोजिरहेका छन्। आफूले जित्ने अवस्था आए मात्र चुनावमा भाग लिने तर हार्ने अवस्थामा चुनावै हुन नदिने पुरानै रोग उनीहरुमा देखिन थालेको छ।

यस्तो छ स्ववियुको इतिहास
विद्यार्थी संगठनको इतिहास लामै भए पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को इतिहास भने ५६ वर्ष पुरानो छ। राजा महेन्द्रले २०१८ मा संघसंस्थालाई नियन्त्रण गरी राष्ट्रिय निर्देशन ऐन जारी गरे। किसान, मजदुर, भूतपूर्व सैनिक, महिला, बाल, युवा र विद्यार्थी संगठन गरी सात संगठनलाई प्रतिबन्ध लगाए। स्वतन्त्र रूपमा विद्यार्थी युनियन खोल्न बन्देज लगाएपछि विद्यार्थीहरू स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउनुपर्ने माग राख्दै राष्ट्रिय निर्देशन ऐनविरुद्ध संघर्षमा उत्रिए। विद्यार्थीको विरोध मत्थर पार्न पञ्चायतले आफ्नो पक्षपोषण गर्न नेपाल विद्यार्थी संगठन खोल्यो। 

०२९/३० सम्म निरन्तर चल्दै आएको स्ववियुलाई पञ्चायतले २०३० मा संघसंगठन नियन्त्रण ऐन ल्याएर प्रतिबन्ध लगायो। तर, विद्यार्थीकै बलमा चलेको ०३५/३६ को आन्दोलनबाट १३ जेठ २०३६ मा स्ववियु पुनर्स्थापना भएर निर्वाचन घोषणा भयो।

तर, विद्यार्थीहरूको विरोध रोकिएन। ७ फागुन २०१९ मा टुँडिखेलमा राजा महेन्द्रले परेड अवलोकन गर्दैगर्दा त्रिचन्द्र क्याम्पसका विद्यार्थीले विरोध गरे। अभयपाणि गौतम, शैलजा आचार्य, विजय बराल, मंगलसिद्धि मानन्धर लगायतका विद्यार्थीले उनलाई कालो झन्डा देखाएका थिए। यो विरोधलाई त्यतिबेलाको सबैभन्दा 'क्रान्तिकारी' मानिन्छ।

स्ववियु स्थापनाका लागि चर्को आन्दोलन चल्दै गर्दा २० भदौ २०२० मा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने व्यवस्था गर्यो। निर्वाचनबाट प्रगतिशील पक्षका जनार्दन आचार्य सभापतिमा विजयी भए। त्यतिबेला सबै पार्टी निकट विद्यार्थी नेताहरू अखिल नेपाल विद्यार्थी फेडेरेसनमा थिए। पछि पार्टीगत रूपमा विद्यार्थी संगठनहरू बनेपछि स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्न थाले। 

जनवादी शिक्षालाई अंगीकार गर्ने कम्युनिस्ट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी सम्मेलन १ जेठ २०२२ मा स्थापना भयो। यो संगठन नै २०२५ मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका रूपमा स्थापना भयो। उता जनवादी शिक्षा नमान्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन ६ बैसाख २०२७ मा स्थापना भयो। पञ्चायती व्यवस्थामा राजनीतिक स्वतन्त्रता नभएकाले स्ववियुमाथि कडाइ भयो। 

स्वतन्त्र विद्यार्थी युनियनको पहिलो चुनाव २० भदौ २०२० मा भएको थियो । यही निर्वाचनपछि नै विद्यार्थी युनियनको नाम फेरेर स्वतन्त्र विद्यार्थी युनियन राखिएको थियो।

०२९/३० सम्म निरन्तर चल्दै आएको स्ववियुलाई पञ्चायतले २०३० मा संघसंगठन नियन्त्रण ऐन ल्याएर प्रतिबन्ध लगायो। तर, विद्यार्थीकै बलमा चलेको ०३५/३६ को आन्दोलनबाट १३ जेठ २०३६ मा स्ववियु पुनर्स्थापना भएर निर्वाचन घोषणा भयो। पुनर्स्थापित स्ववियुकै बलले पञ्चायत ढाल्न ठूलो भूमिका खेल्यो।

प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्