• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन जाँदैछिन् राष्ट्रपति चीन भ्रमण [टिप्पणी]

64x64
नेपाल लाइभ मंगलबार, माघ २२, २०७५  २३:५९
1140x725

राष्ट्रपति विद्यादेवी भण्डारी चीनमा आयोजना हुने दोस्रो ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सम्मेलनमा सहभागी हुने भएकी छन्।

आउँदो अप्रिल महिनामा चीनमा आयोजना हुने दोस्रो बिआरआई सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ। सन् २०१७ को मे महिनामा आयोजना भएको पहिलो बिआरआई सम्मेलनमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

गत मंसिर ३ गते नेपालको लागि नयाँ चिनियाँ राजदूतमा हाउ यानछी नियुक्त भइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गत पुस २३ गते आफ्नो ओहोदाको प्रमाणत्र बुझाएकी थिइन्। ओहोदाको प्रमाणपत्र बुझाएको केही दिनभित्रै राष्ट्रपति भण्डारीसँग पुनः भेट गरी राजदूत यानछीले बिआरआई सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिन फिङको औपचारिक निमन्त्रणा पत्र बुझाएकी स्रोतले बताएको छ।

आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको भोलीपल्ट अर्थात् पुस २४ गते प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुबैसँग राजदूत यानछीले शिष्टाचार भेटवार्ता गरेकी थिइन्। सो क्रममा राजदूत यानछीले दोस्रो बिआरआई सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्वका लागि आग्रह गरेको स्रोतको दाबी छ।

राष्ट्रपति भण्डारी दोस्रो बिआरआई सम्मेलनमा सहभागी हुने विषयमा परराष्ट्र मन्त्रालयका अधिकारीले समेत पुष्टि गरिसकेका छन्। सरकारले तयारी थाले पनि यस विषयमा खुलेर सञ्चारमाध्यममा बोल्न असमर्थ रहेको मन्त्रालय स्रोत बताउँछ।

यसै विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच माघ १३ गते भएको भेटवार्ताका क्रममा छलफल भएको स्रोतले दाबी गरेको छ। विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी भएर नेपाल फर्किएपछि राष्ट्रपतिलाई भ्रमणको ‘ब्रिफिङ’ गर्न शितल निवास पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच दोस्रो बिआरआई सम्मेलनमा सहभागीताको विषयमा छलफल भएको हो।

‘राष्ट्रपति र प्रधानमन्त्रीबीच दोस्रो बिआरआई सम्मेलनमा राष्ट्रपति सहभागी हुँदा केही पश्चिमा देश र भारत पनि असन्तुष्ट हुनसक्ने आकंलनसमेत गरिएको छ’, स्रोतले भन्यो।
नेपाललाई बिआरआई परियोजनामा सहभागी नहुन भारतले विभिन्न माध्यमबाट आग्रह र दबाब दिँदै आएको जानकारहरू बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बिआरआई परियोजनामा सहभागी हुने बताइएको थियो। तत्कालीन समयमा भएको सरकार विघटनपछि बनेको नयाँ सरकारले बाह्य दबाबका कारण परियोजनामा हस्ताक्षर नगरेको बताइन्छ।

परियोजनाको सदस्य राष्ट्रको रुपमा नेपाल पहिलो बिआरआई सम्मेलनमा सहभागी हुने/नहुने अन्योलबीच तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल र चीनबीच बिआरआई परियोजनामा हस्ताक्षर भएको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महत र अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि तत्कालीन राजदूत यू होङबीच बिआरआई परियोजना समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

बिआरआईलाई भारतले आफ्नो सर्वभौमसत्ता र अखण्डतामाथिको खतराको रुपमा व्याख्या गर्दै नेपाल सहभागी हुँदा त्यसको प्रत्यक्ष असर आफूलाई पर्ने भन्दै नेपाललाई सहभागी नहुन प्रत्यक्ष दबाब दिएको बताइन्छ। तर, भारतको उक्त प्रयास सफल हुन सकेन र नेपाल बिआरआईको सदस्य राष्ट्र बनेको हाे। सन् २०१५ मा भारतले लगाएको नाकाबन्दीको जवाफ दिन तथा नेपालको अन्तर्राष्ट्रिय व्यापार र पारवाहनमा भारतको एकाधिकार तोड्न पनि नेपालले चीन सरकारले अघि बढाएको बिआरआई परियोजनामा सहभागी हुने निर्णय गरेको हाे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिआरआई परियोजनामा हस्ताक्षर गरेसँगै नेपालमा चिनियाँ उपस्थिति बढेको निकर्ष निकाल्दै पश्चिमा देश विशेषगरी अमेरिकाले नेपालमा आफ्नो उपस्थिति बढाउन लागीपरेको कूटनीतिक तथा विदेश मामिलाका जानकारहरू बताउँछन्। त्यसलाई मध्येनजर गर्दै अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक रणनीति’मा नेपाललाई सहभागी गराउन प्रयास गरिएको उनीहरूको निकर्ष छ।

परराष्ट्रमन्त्री ज्ञवाली गत पुस २ गते अमेरिकाको औपचारिक भ्रमणमा जाँदा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गरेको समाचारहरु बाहिर आएकाे थियाे। १७ वर्षको अन्तरालपछि भएको नेपाल र अमेरिकाबीचको उच्चस्तरीय प्रतिनिधिबीचको अकस्मात् भएको भेटवार्ता चीन घेर्ने अमेरिकी स्वार्थ प्रेरित रहेको विज्ञहरूको दाबी छ।

सोही विषयमा केन्द्रित रुहँदै जापानी विदेशमन्त्री तारो कानो र इन्डो प्यासिफिक क्षेत्र प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले समेत नेपाल भ्रमण गरिसकेका छन्।

चिनियाँ राष्ट्रपति चिन फिङले गत नोभेम्बरमा पपुवान्युगिनीमा आयोजना भएको एसिया प्यासिफिक आर्थिक सम्मेलनमा दोस्रो बिआरआई सम्मेलन आगामी अप्रिलमा गर्ने घोषणा गरेका थिए। बिआरआईमा हाल विश्वका ७१ भन्दा बढी देश प्रत्यक्ष सहभागी छन् भने यो परियोजनाले विश्वका करीब ६५ प्रतिशत मानिसलाई प्रभाव पार्ने बताइन्छ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  २३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्