काठमाडाैं- नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्नमो आफ्नो मुलुक दृढ रहेको बताएका छन्।
सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परी मारिएका हजारौं नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत जावेदले संयुक्त राष्ट्र संघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्व-निर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।
दक्षिण एसियाको शान्ति, विकास र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाब अन्त्य हुनुपर्ने राजदूत जावेदको भनाइ छ। त्यस अवसरमा उनले नेपाललाई पाकिस्तानले असल मित्रको रुपमा लिएको पनि स्पष्ट पारुे।
सन् १९४७ मा भारतीय सेनाले आफ्ना नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउँदै आएको छ। राजदूत जावेदले काश्मिरमा आक्रमण बन्द गरेर शान्तिको पक्षमा उभिन पनि भारतलाई आग्रह गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरु, पूर्व राजदूतहरुलगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।