काठमाडाैं- धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका छन्।
धनुषाको सबैला नगरपालिका-१०, खरिहानी बस्ने उमेश कापरमाथि साेमबार साँझ खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसले साेमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता भएका कापरमाथि ८/१० जनाको समूहमा आएका सोही स्थानका शिव कुमार कापर, विजय पन्जियार, चन्दन पन्जियारसहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरकाे परिवारजनले जनाएको छ।
कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरु नेकपाका कार्यकर्ता हुन्। कापरको अवस्था गम्भीर रहेको छ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।