भुवनेश्वर- भारतको उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले कृषकका छोराछोरीका लागि छात्रवृत्तिको घोषणा गरेका छन्।
जीविका तथा आयवृद्धिका लागि सहयोग कार्यक्रमबाट लाभान्वित बनेका कृषकका छोराछोरीहरूका लागि छात्रवृत्ति योजना घोषणा गरिएको हो।
लक्षित वर्गका कृषकका छोराछोरीहरूलाई उच्च शिक्षाका लागि कुनै खर्च नलाग्नेगरी छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए।
केओन्झारमा आयोजित कार्यक्रममा उनले यस योजनाअन्तर्गतका बालबालिकाहरुको खर्च राज्यले नै बेहोर्ने जानकारी दिएका हुन्।
सरकारी व्यवसायिक क्याम्पसमा विद्यार्थीले पाएको अङ्कका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने भएको छ।
मुख्यमन्त्री पटनायकले झन्डै ६६ करोड भारतीय रूपैयाँ बराबरको १७ कल्याणकारी कार्यक्रमहरुको पनि घोषणा गरेका छन्।
उनले विभिन्न जिल्लाका लागि एक हजार ५० करोड भारतीय रुपैयाँ बराबरको खानेपानीसम्बन्धी योजनाहरूको पनि घोषणा गरेका समाचारमा जनाइएको छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।