जनकपुर- प्रदेश २ सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। यसअघि संघीय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरेपनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सार्वजनिक सूचना प्रकाशित गरी माघ २२ गते सार्वजनिक बिदा दिने जानकारी दिएको छ।
एक लाख १५ हजार तामाङ जातिको बसोबास रहेको प्रदेश २ मा सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।