काठमाडौं- सरकारले रानीपोखरी बनाउने जिम्मेवारी पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ।
माघ १४ बसेकाे मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको हो।
रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायतका पुरातात्विक महत्वका सम्पदा कुन शैलीमा निर्माण गर्ने भन्ने विषय टुंगो नलाग्दा भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि कुनै काम अघि बढ्न सकेको छैन।
यसअघि काठमाडौं महानगरपालिकाले ती संरचना निर्माण गर्ने पहल गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।