काठमाडौं- सरकारले प्लास्टिकको ट्यांकरमा दूध बोकी खरिदबिक्री गर्नेमाथि कडा कारबाही गर्ने तयारी गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लास्टिकको ट्यांकरमा दूध बोक्ने माथि कडा कारबाही गर्ने चेतावनी दिएको हो। सोमबार भक्तपुरको जगातीमा दूधको ट्यांकरको अनुगमन गरेको विभागले प्लास्टिकको टयांकर प्रयोग भएको पाएपछि यस्तो तयारी गरेको हो।
विभागको निर्देशिका विपरित प्लास्टिकको ट्यांकरमा दूध ल्याएको पाइएपछि त्यस्तो काम गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिइएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए।
विभागले मानव स्वास्थ्य प्रतिकूल हुने भएकाले प्लास्टिकको ट्यांकरमा दूध बोक्न नहुने निर्देशिका जारी गरेको छ।
सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत मोबाईल भ्यान प्रयोग गरी खाद्य वस्तुको अनुगमनको काममा तीव्रता दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।