काठमाडौं- कांग्रेस नेता गगन थापालाई नेविसंघ कार्यकर्ताले पोखराको महेन्द्रपुलमा कालो झन्डा देखाएका छन्।
सरकारको विरोधमा पोखरामा हुने प्रदर्शनमा सहभागी हुन पुगेका थापालाई संघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन्। नेविसंघले शनिबार सरकारी गाडी जलाएको घटनाप्रति थापाले विरोध जनाएका थिए।
नेविसंघका जिल्ला नेताहरु हिरासतमा रहेको समयमा आफ्नै दलका नेताले संघको विरुद्धमा ट्विवट गरेकाले कालो झन्डा देखाई विरोध जनाएको नेविसंघ कास्कीका नेता विकास थापाले जानकारी गराए ।
शनिबार सरकारी गाडी जलाउने संघका पाँच जना पक्राउ परेका थिए। तीमध्ये तीन जना हिरासतमै छन्।
लक्ष्मी पौडेल र राजेन्द्र बराल रिहा भएका छन् भने डिफान भुजेल, पर्शुराम बस्नेत र विजय पौडेलविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।