काठमाडाै - वैदेशिक रोजगारको शिलसिलामा साउदी अरबमा ज्यान गुमाएका ४१ काममदारको परिवारलाई उपलब्ध गराउने गरी साउदी सरकारले नेपालकाे पराष्ट्र मन्त्रालयमार्फत करिब ८ लाख रियाल पठाएको छ।
साउदी अरबले माघ १७ गते पराष्ट्र मन्त्रालयको खातामा कामदारले ज्यान गुमाउनूपुर्वको अवधिमा पाउन बाँकी रहेको रकम तथा ब्लड मनी वापतको मृतक कामदारले पाउने ७ लाख ९८ हजार ५ सय ७६ रियाल पठाएको नेपाली राजदुतावास साउदी अरबले जनाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।