• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हिउँदे अधिवेशनसँगै सुरु भयो प्रदेश १ को नाम र राजधानीको राजनीति

64x64
नेपाल लाइभ सोमबार, माघ २१, २०७५  १५:३१
1140x725

इटहरी– प्रदेश १ प्रदेशसभाको हिँउदे अधिवेशन सुरु भएसँगै प्रदेशको नाम र राजधानीका विषयमा राजनीति सुरु भएको छ। बर्खे अधिवेशनमै टुंगो लाग्ने भनिएको नाम र राजधानी हिँउदे अधिवेशनसम्म लम्बिएको हो। 

माघ २० गते आइतबार सुरु भएको हिँउदे अधिवेशनको सुरुवातमै नाम र राजधानीको बहस पेचिलो बनेको हो।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले नाम र राजधानीको विषयलाई चाडै टुंगो लगाउनुपर्ने भन्दै विषय प्रवेश गराए। यही विषयमा ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’की सांसद विष्णुमाया तुम्बाहाम्फेले राजधानीको विषयमा केही नबोले पनि नाम भने पहिचानको आधारमा हुनुपर्ने बताइन्। ऐतिहासिक सन्धि सम्झौता आधारमा प्रदेश १ को भूभाग लिम्बुवान भएकोले त्यसैको आधारमा नाम राख्न माग गरिन्। 
 
त्यति मात्र होइन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ‘लिम्बुवान किरात खम्बुवान’ प्रदेशको माग गर्दै प्रदेशसभा अगाडि आन्दोलन नै गर्यो। भदौ १ गते सुरु भएको मञ्चको आन्दोलन बर्खे अधिवेशनको छैटौं पटक हो। मञ्चकी सांसद तुम्बाहाम्फे आफूहरुले यही मागलाई लिएर मत पाएको हुँदा जनतालाई धोका नदिने बताउँछिन्। 

उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने यस विषयमा आफ्नो संस्थागत निर्णय गर्न सकेको छैन। आइतबार सुरु भएको अधिवेशनमा संसदीय दलका नेता राजीव कोइरालाले संघीय संसदका विषयबाहेक प्रदेशका विषयलाई खासै प्रवेश गराएनन्। नाम र राजधानीको विषयमा उनले उच्चारणसमेत गरेनन्। बरु संघीयताको विषयमा जनतामा संशय उत्पन्न भइरहेको बताए। प्रदेश सरकारले आफ्नो क्षमता देखाउन नसक्दा संघीयताप्रति जनतामा दुविधा सुरु भएको उनको भनाइ थियो।

नेपाली कांग्रेसका सचेतक सूयर्माराज राई पार्टीले संस्थागत निर्णय गर्न नसकेको कारण यसै भन्न सक्ने अवस्था नरहेको बताउँछन्। केन्द्रीय नेताहरुको पनि चासो रहेकोले विषयवस्तुको गाम्भीर्य बुझेर निर्णय गरिने उनको तर्क छ। आफूहरुसँगको भेटमा मुख्यमन्त्रीले सम्पूर्ण विषय सहमतिकै आधारमा टुंगो लगाइने बताएको उनको भनाइ छ। 

बर्खे अधिवेशनमा पनि मौन बसेको कांग्रेस सत्तारुढदलको प्रस्तावको पर्खाइमा देखिन्छ। अहिले नै नाम र राजधानीको प्रस्ताव राख्दा भोलि असफल भइए समस्या पर्छ भनेर कांग्रेस ‘पर्ख र हेर’को नीतिमा लागेको छ। 

हिउँदे अधिवेशनमै सम्बोधन गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता टंक आङ्बुहाङ नाम र राजधानी चाडै टुंगो लाग्ने बताए। प्रतिपक्षीको मागको सम्बोधन गर्ने क्रममा उनले नाम र राजधानीलाई सामान्य रुपमा लिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दाबी आ-आफ्नै
उता पहिलेदेखि नै राजधानीको माग गर्दै आएको धनकुटाले भने हिँउदे अधिवेशनको सुरुमै आन्दोलन चर्काउन थालेको छ। धनकुटावासीले यसअघि पनि ५५ दिनसम्म आन्दोलन गरेका थिए। नेपाल सरकारले प्रदेशको अस्थायी राजधानी विराटनगर घोषणा गरेको हुनाले माघ ३ लाई कालो दिनको रुपमा उनीहरुले  मनाएका थिए। उक्त समयमा प्रदेश सांसद निरन राईको नेतृत्वमा चर्किएको आन्दोलन अहिले स्थानीय युवाले नेतृव गरिरहेका छन्। 

‘प्रदेश नं १ को नाम धनकुटा बनाऊ संघर्ष समिति’का संयोजक सुन्दरबाबु श्रेष्ठ आफूहरु यो आन्दोलनलाई कुनै पनि हालतमा नरोक्ने बताउँछन्। धनकुटा १४ जिल्लाको मुटु रहेकोले कुने पनि हालतमा राजधानी हुनुपर्ने उनको माग छ। हावापानी, भौगोलिक अवस्था र  सामरिक महत्वका हिसाबले पनि धनकुटा उपयुक्त रहेको उनको तर्क छ।  

धनकुटाले दबाब सिर्जना गर्दैगर्दा इटहरी र विराटनगरले पनि आफ्नो हैसियत अनुसारको लबिङ गरिरहेका छन्। बर्खे अधिवेशनको अन्त्यमा इटहरीको नागरिक समाजले प्रदेशको राजधानी इटहरी हुनपर्ने माग गरेको थियो। इटहरी सबैतिरको पायक पर्ने क्षेत्र भएकोले राजधानी हुनुपर्ने उनीहरुको माग थियो। मेयर द्वारिकालाल चौधरी आफै संयोजक रहेको समिति इटहरीलाई राजधानी बनाउन लागिपरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले पनि इटहरी आसपासको क्षेत्रबाट निर्वाचित प्रदेश सांसदले इटहरीलाई राजधानी बनाउने बिषयमा लबिङ गरिरहेका छन् भने मोरङका सांसदहरु भने विराटनगरकै पक्षमा छन्। 

बहुपक्षीय भिडन्त जस्तो देखिने राजधानीको विषय प्रदेश सरकारका लागि चुनौती बनेको छ। धनकुटाको आन्दोलन र इटहरीको पक्षमा देखिएको संसदीय गणित र केन्द्रीय नेताको विराटनगर बन्नुपर्ने दबाबको चेपमा प्रदेश सरकार देखिन्छ। 

तथापि मुख्यमन्त्री शेरधन राई सम्पूर्ण राजनीतिक दलको सहमतिकै आधारमा नाम र राजधानीको विषय टुंग्याइने बताउँदै आएका छन्। 

प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्