काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई वर्तमान समय आन्दोलनको समय नभएको सुझाएको छ।
सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले हाल राष्ट्रको मुख्य कार्यभार आर्थिक समृद्धि तथा सामाजिक न्यायसहितको समृद्धिको कार्यभार रहेको औंल्याए। उनले भने, ‘प्रतिपक्ष नेपाली कांग्रेसलाई आर्थिक समृद्धिको कार्यभार पुरा गर्ने दिशामा सँगै अघि बढ्न हामी चाहन्छौं।’
राष्ट्रिय महत्वका मुद्धाहरुमा साझा सहमति गरेर अघि बढ्न कांग्रेसलाई अपिल गरे। आन्दोलन गर्ने/नगर्ने दलको अधिकार भएको बताउँदै उनले भने, ‘अहिले साझा सहमतिका कुराहरु मिलेर अघि बढाउने र समृद्धिको दिशामा जानुनै आवश्यक छ।’
कांग्रेसलाई सरकारप्रति कुनै चित्त नबुझेको भए सहमति गरी अघि बढ्न सकिने सुझाव दिए।
सरकारको कार्यशैली विरुद्धमा कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरिरहँदा नेकपाको उक्त प्रतिक्रिया आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।