• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ५ : प्रदेशसभाकाे पहिलाे वर्षकाे यात्रा सुस्त, कानुन बनाउनुपर्ने डेढ सय, बन्याे १६ मात्रै

मुख्यमन्त्री भन्छन् - संसद अवराेध नै प्रमुख कारक
64x64
नेपाल लाइभ सोमबार, माघ २१, २०७५  ११:०९
1140x725

बुटवल- आज माघ २१, मुलुक संघियतामा गएपछि बनेको प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक बसको दिन। यससँगै प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक बसेको आज एक वर्ष पूरा भएको छ।

प्रदेशको अहिले तेस्राे अर्थात् विधयेक अधिवेशन चलिरहेको छ। पहिलो बैठक प्रदेशसभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा बसेको थियो।

प्रदेशसभाले पहिलाे एक वर्षको अवधिमा विभिन्न १६ वटा कानुन निर्माण गरेको छ। प्रदेशसभाको पहिलो अधिवेशनबाट ८, दोस्रोबाट ७ र तेस्रोबाट एउटा कानुन निर्माण गरी प्रमाणीकरण भएसकेका प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारले तेस्रो अधिवेशनलाई विधयेक अधिवेशन संज्ञा दिएकाे छ। तर, भनिएअनुसारकाे गति भने देखिँदैन।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत चन्द्रप्रकाश शर्माले ३ वटा अधिवेशनबाट १६ वटा कानुन निर्माण भई कार्यान्वन भइसकेको जानकारी दिए।

पहिलो अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकहरु:

- सरकारको आर्थिक कार्यविधि नियमन तथा व्यवस्थित गर्न बनेको विधयेक

- स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक

- सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक

Ncell 2
Ncell 2
nimb
nimb

- प्रदेशका गाउँसभा, नगरसभाको कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक

- सरकारको आर्थिक वर्ष २०७४/०७५ को सेवा सुविधा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक

- प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक

- प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक र

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- प्रदेशको सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक।

दोस्रो अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकहरु:

- प्रदेशको वित्त व्यवस्थापन विधेयक

- प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक

- प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

- प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक

- मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

- प्रदेश अन्तर्गतका गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र

- प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेकाे विधेयक।

तेस्रो अधिवेशनबाट पारित भई प्रमाणीकरण भएकाे विधेयक:

- प्रदेशको प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।

प्रदेशसभाबाट पारित भएका विधेयकहरू प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेपछि कानुनको रूपमा कार्यान्वयनमा गइसकेका छन्। प्रदेश प्रमुख उमाकान्त झाले हालसम्म १६ वटा विधेयकहरू प्रमाणीकरण गरिसकेका छन्।

पहिलाे एक वर्षकाे प्रदेशसभाकाे यात्रा कस्ताे रह्याे त?

सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशसभाको गति सन्तोषजनक रहेको दाबी गरे। ‘हामी त्यती धेरै तीब्र पनि छैनौं। सारै सुस्त पनि छैनौं। सन्तोषजनक रुपमा काम अगाडि बढाएका छौं,’ घर्ती भन्छन्।

तर, दोस्रो अधिवेशनअन्तर्गत गएको असार १९ गते प्रदेशसभामा पेस भएको प्रदेश लोक सेवा अयोगको काम, कतव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास हुन सकेको छैन। तेस्रो अधिवेशनमा १५ वटा विधेयकहरू प्रदेशसभामा दर्ता भएर छलफलका क्रममा छन्।

सभामुख घर्तीले संघीय सरकारले लोक सेवा आयाेगको काम, कर्तव्य र अधिकारको कानुन नबनाउँदा प्रदेशसभाबाट पनि पास हुन नसकेको तर्क गरे। उनले भने, ‘हामीले पहिला बनाउँदा संघीय कानुनसँग बाझिन सक्छ। त्यसैले पास नगरेका हाैं।’ उनले प्रदेशका लागि १ सय ५० कानुन निर्माण गर्न आवश्यक रहेको बताए।

निर्माण गर्नुपर्ने कानुनकाे संख्याका आधारमा निक्कै कम मात्र विधेयकले कानुनी रुप लिएका छन्। यसका लागि कतिपय अवस्थामा भने सरकारले संसदलाई 'विजनेस' दिन नसकेकाे कारण नै मुख्य जिम्मेवार रहेकाे आराेप लाग्ने गरेकाे छ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भने याे आराेप स्वीकार्न तयार छैनन्। उनका अनुसार यसका लागि विभिन्न माग राख्दै हुने संसद अवराेध नै प्रमुख कारक हाे।

प्रदेश सरकारलाई अझै धेरै कानुनहरु निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाेखरेलले सामान्य घटनाक्रममा ससंद अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रहसमेत गरे। उनले संघीय सरकारबाट आउनु पर्ने कानुनको ड्राफ्ट नआउँदा प्रदेश सरकारले कानुन निर्माण गर्न ढिलाइ भएको र यसले सरकार सञ्चालनमा समेत अफठ्यारो परिरहेको बताए।

'केही विधेयकहरु संसदमा दर्ता भइसकेका छन्। भने केही प्रदेश सरकारले तयार गरिरहकाे छ। त्यसकारण संसदमा पुरापुर विजनेस पुगेकाे छ', पाेखरेलले भने, 'संघीय सरकारबाट आउनुपर्ने विधेयकहरु पारित हुन ढिलाइ भएका कारण पनि प्रदेशमा विधेयकहरु बन्न ढिलाइ भएकाे हाे। यसले सरकार सञ्चालनमा पनि बाधा पुगेकाे छ।'

प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  ११:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्