जलेश्वर- उद्योग व्यवस्थापन पक्षले सहमति जनाएपछि महोत्तरीको एभरेष्ट सुगर मिलमा आमरण अनसनमा बसेका मजदूरहरुले अनसन तोडेका छन्।
उद्योगको प्रशासन कार्यालयमा बसेको वार्तामा मजदूर र उद्योग व्यवस्थापन पक्षबीच ६ बुँदे सहमति भएपछि १० जना मजदुरहरुले सामूहिक रुपमा अनसन तोडेका हुन्।
उद्योगका कार्यकारी सञ्चालक सुरेश सर्राफको हातबाट जुस खाएर उनीहरुले अनसन तोडेका थिए।
वार्तामा सहभागी मजदूर नेता दशरथ महतोका अनुसार मजदूरले राखेका ६ वटै मागमा उद्योग पक्षले सहमति जनाएपछि अनसन तोडिएको हो। उद्योग व्यवस्थापन पक्षले तत्कालै विशेष भता उपलब्ध गराइने, दैनिक ज्यालादारीका मजदूरलाई पनि क्रमिक रुपमा स्थायी प्रक्रियामा लैजाने, पाँचौ तहदेखि उच्च पदमा कार्यरत मजदूरहरुको हकमा उद्योग व्यवस्थापन पक्षले आफू अनुकुल सेवा सुविधा दिनेलगायतका सहमति भएको मजदुर नेता महतोले बताए।
विशेष भत्ता लगायतका ६ बुँदे माग राख्दै उद्योगमा कार्यरत १० जना मजदूरहरु गएको बिहीबारदेखि आमरण अनसनमा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।