काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाको १६औँ नरेशका रुपमा अल सुल्तान अब्दुल्लाह रियातुद्दिन अल मुस्तफा बिलाह शाह इब्नी सुल्तान हाजी अहमद शाह अल मुस्ता इन बिलाह घोषित भएकामा बधाइ ज्ञापन गरेकी छिन्।
राष्ट्रपति भण्डारीले आइतबार एक बधाइ सन्देश पठाउँदै मलेसियाली नरेशको दूरदृष्टियुक्त मार्गदर्शन र नेतृत्वमा मलेसियाले अझ प्रगति एवम् समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेकी छिन्।
राष्ट्रपतिले नेपाल र मलेसियाबीच विद्यमान सुमधुर सम्बन्ध नयाँ मलेसियाली नरेशको कार्यकालमा अझ सुदृढ हुने उल्लेख गर्दै त्यहाँका नरेशको सुख र सुस्वास्थ्यका साथै मलेसियाली जनताको समृद्धिको कामना गरेकी छिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।