जनकपुर– नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले शिक्षाको विकासको लागि भौतिक संरचना अत्यावश्यक भएको बताएका छन्।
उनले शिक्षा विकासको लागि भौतिक संरचना विद्यार्थीमैत्री हुनुपर्ने बताए। जापान सरकारको सहयोगमा धनुषाको नगराइन नगरपालिका वडा नं. ६ लगमा स्थित बासुदेव राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता निधीले जापान सरकारले नेपालको कृषि, भौतिक संरचना , शिक्षा , स्वास्थ्य लगायतको क्षेत्र विकासका लागि सहयोग गर्दै आइरहेको बताए।
उनले केही दिन पहिला मात्र जापानी राजदुतावासमा विद्यालयलाई अत्यधुनिक बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको र लगत्तै शिलान्यास गरिएको जानकारी गराए जति छिटो शिलान्यास गरिएको छ त्यति नै छिटो निर्माण कार्य सम्पन्न हुने उनले विश्वास व्यत्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।