विराटनगर– विराटनगर विमानस्थलबाट डिजेल चोरी गर्ने चौकिदारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विमानस्थलका चौकीदार ४८ वर्षीय भोला यादव, उनका छोरा १८ वर्षीय मुकेश यादव र २२ वर्षीय अमित यादव तथा १९ वर्षीय रामचन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। पक्राउ परेका मध्ये चौकीदार यादवले स्टोरमा डिजेल रहेको सूचना दिने र २ छोरा तथा अर्का सहयोगीले रातको समयमा विमानस्थलबाट ओसार्ने गरेको प्रहरीले जनाएको छ।
गत पौष २२ गते राति स्टोरमा राखिएको ४ सय लिटर डिजेल चोरी भएको उजुरीपछि अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिए।
उनीहरुको साथबाट ९० लिटर डिजेलसमेत बरामद भएको छ।
पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।