राजविराज– गैरकानुनी रुपमा भारत लैजाँदै गरेका ६१ वटा गाई/गोरु सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
बलान बिहुल गाउँपालिका–४ बाट गाई र गोरु नियन्त्रणमा लिइएको हो। अनाधिकृत रुपमा गाईगोरु लाँदै गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट तत्काल टोली खटाइ पशुचौपाया नियन्त्रण गरिएको एसपी राजेन्द्र बिष्टले जानकारी दिए।
२ लाख ४५ हजार मूल्य बराबरका ४९ गाई, ८४ हजार मूल्य बराबरका १२ गोरु र ६ हजार ५ सय मूल्य बराबरका ४ बाछाबाछी नियन्त्रणमा लिएको उनले बताए।
अवैध रुपमा गाईगोरी निकासीमा संलग्न व्यक्ति फरार भएकाले खोजी जारी राखी नियन्त्रण गरिएका पशुचौपाया भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।