काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) एनसेलको लाभकर विवादः निरन्तर सुनुवाइ गर्दै किनारा दिने पक्षमा सर्वाेच्च, चासो बढ्यो।
२) सुनुवाइ समितिद्वारा संवैधानिक आयोगका अध्यक्षहरु विरुद्ध उजुरी आह्वान, १० दिनको समय सीमा, कांग्रेसद्वारा बैठक बहिस्कार।
३) एयर एसियाले देखायो पुनः काठमाडौं उडानमा चासो, पुरानो बक्यौता मिनाहाको माग, रकम चुक्ता गराएरै छाड्ने विमानस्थल कार्यालयको दाबी।
४) डिपिएल टिम धनगढी स्टार्समा युएई र भारतका दुई खेलाडी, मुस्तफा र त्रिवेदी आवद्ध, चाहे अनुरुप ७० प्रतिशत खेलाडी भित्र्याएको आयोजकको दाबी।
५) र, अमेरिका–चीन व्यापार वार्तामा महत्वपूर्ण प्रगति, थप परामर्श गर्न दुवै देश अग्रसर, अर्जेन्टिनामा भएको सहमति कार्यान्वयन गर्ने संकेत।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।