डोटी– जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आइतबार दिउँसो ज्यान गएको छ।
पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ।
घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो।
उपचारका क्रममा मृत शिशु निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।