काठमाडौं – भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रेस विज्ञप्ति जारी गरेपछि नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको छ। तर यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने नेपाल एक स्वतन्त्र देश भएको जानकारी नै नभएको समाचार आएको छ।
ट्रम्पका सल्लाकारले दक्षिण एसियाको नक्सा देखाउँदै दक्षिण एसियाको विषयमा ब्रिफिङ गर्दा ट्रम्पले नेपाल र भुटानलाई भारतीय भूभागका रुपमा बुझेको पाइएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यम टाइम्समा जनाइएअनुसार ट्रम्पले के नेपाल र भुटान भारतमा पर्छ भनेर सोधेका हुन्।
नेपालको स्वतन्त्रताका विषयमा जानकारी सल्लाकारबाट पाएपछि ट्रम्पले फेरी के यो भारतको अधिनमा थियो भनेर प्रत्तिप्रश्न पनि गरेको टाइम्सले जनाएको छ।
यसअघि पनि ट्रम्पले नेपाल र भुटानको नाम गलत उचारण गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१७ मा भएको बैठकअघि ब्रिफिङका क्रममा ट्रम्पले नेपाललाई निप्पल र भुटानलाई बुट्टोन भनी उच्चारण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।