काठमाडौं– नेपालसँग कुनै सम्बन्ध नरहेको भेनेजुएलाबारे वक्तव्य दिएर वर्षौंदेखि नेपाललाई सहयोग गरेको अमेरिकालाई सरकारले चिढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षाा, स्वास्थ्य र यातयात लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याइरहेकाे अमेरिकालाई विवादित वक्तव्य दिएर सम्बन्ध बिगार्न खोजेको भन्दै उक्त वक्तव्यप्रति कांग्रेसले आपत्ति जनाएको कांग्रेस संसदीय दलको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।
सरकाको गैरजिम्मेवार वर्तमान कार्यशैलीबाट असन्तुष्ट प्रमुख प्रतिपक्ष दल कांग्रेसले सदनको विरोध प्रदर्शनमा स्वरुप समेत परिवर्तन गर्ने सचेतक खाँडले बताए।
सभामुखले सांसदहरूलाई पार्टीको सदस्य जस्तै व्यवहार देखाएको भन्दै सरकार र सभामुखलाई सच्चिनका लागि सदन र सडकबाट पार्टीले सचेत गराउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।