गुल्मी– गुल्मीको वामी मैदानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परि गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ।
दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडाका १४ वर्षीय कमल कार्की घाइते भएको प्रहरीचौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए।
घाइते दुवैको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ। जिप वामीटक्सार जाने क्रममा चौपारी भीरबाट तल खसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।