महोत्तरी- १० हजार रकम घुससहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन्। शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अपुताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग १० हजार रुपैयाँ लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।
उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको छ।
पक्राउ परेका नासु कार्की केही महिना अगाडि महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भइ आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।