झापा- झापाको कमल गाउँपालिका-६ दही चोकमा शनिबार मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ।
साँझ साढे ७ बजे पाडाजुंगी-गौरीगञ्ज सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१६प १६०६ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री मोरङ रंगेली नगरपालिका-८ बस्ने वर्ष ४५ का सुरज ऋषिदेवलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते ऋषिदेवलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक पठाइएकोमा थप उपचारको लागि विराटनगर न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मोटरसाइकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।