सुनसरी- सुनसरीकाे घोपा चोकबाट गएराति लागुऔषध गाँजासहित २ युवकलाई पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजासहित धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २५ वर्षका राजकुमार राई र धरान-१७ नमूना मार्ग बस्ने २२ वर्षका सोनम खत्रीलाई पक्राउ गरेको हो।
राति १:५० बजेको समयमा को१६प २५१५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा साढे ५ किलो गाँजा र नगद २८ हजार ३ सय फेला पारिएकाे प्रहरीले जनाएकाे छ।
बरामद लागुऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।