तेहरान- इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ।
एक हजार ३ सय ५० किलोमिटरकाे दुरीमा मार हान्नसक्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन।
इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ।
'होभेइजेहबाट गरिएको क्षेप्यास्त्र परीक्षणले एक हजार २ सय किलोमिटर टाढाको दूरीमा ठिक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ,' इरानी रक्षामन्त्री अमिर हतामीलाई उद्धृत गर्दै राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। टेलीभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो।
'इरानले शनिबार परीक्षण गरेकाे हतियार तयार गर्नका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेकाे छ।' उनले बताए।
उनले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने स्पष्ट पारे। रासस/एफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।