अफगानिस्तान– अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ।
शुक्रबार सुरु भएको सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनः मुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए।
लडाकू विमानसहित गरिएको उक्त सैनिक कारबाही लडाकूहरू पूर्ण रुपमा परास्त नहुँदासम्म जारी रहने बताइएको छ।
तर, रेजाइले सुरक्षा फौजतर्फ भएको क्षतिबारे केही बताएका छैनन्। तालिबानले सरकारी फौजको कारबाहीका बारेमा केही बताएको छैन।
तालिबान र सरकारी फौजले गत नोभेम्बरमा कतारमा तालिबान र अमेरिकी प्रतिनिधिहरुबीच वार्ता सुरु भएपछि एकअर्का विरुद्धको कारबाहीमा अझ तिव्रता आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।