काठमाडौं– भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिएका पाँच महिलाको उद्धार गरिएको छ।
सिन्धुपाल्चोक नुवाकोटबाट लगिएका महिलाहरूलाई उद्धार गरिएको माइती इण्डियाले जानकारी गराएको छ।
वेश्यालयबाट उद्धार गरिएका महिलाहरूको कानुनी प्रक्रिया पूरा नभएकाले १ वर्षदेखि भारतीय सरकारको संरक्षण गृहमा रहेका बताइएको छ।
भारतमा नक्कली कागजात पेस गरी दलालहरूले आफन्त भनी पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकाले कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्काउने माइती इण्डियाले जनाएको छ।
उद्धार गरिएका पीडित महिलाहरुको डिएनए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी नेपाल फर्काउने बताइएको छ।
माइती इन्डियाको संरक्षणमा रहेका पीडित महिलाहरूलाई अदालतको प्रक्रिया पूरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाउने बताइएको छ।
माइती इण्डिया र समाजसेवी बालकृष्ण पाण्डेयको संयुक्त पहलमा उनीहरूको उद्धार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।