विराटनगर– ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकावाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
त्रियुगा नगरपालिका ६ लालपत्ताबाट ४५ वर्षीय काजी भन्ने रामबहादुर विक पक्राउ परेका हुन्।
विकले शुक्रबार दिउँसो बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
पीडित बालिकाका परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।