विराटनगर– सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गएराति १० बजे धरानबाट पानमारा जाँदै गरेको को १९ प १२३८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री धरान ५ का ५३ वर्षीय जितबहादुर लिम्बुको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएका लिम्बुको उपचारकै क्रममा राति १२ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।