काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले बर्सेनि एक हजार दुई सय हजयात्री नेपालबाट मक्का जाने गरेको स्मरण गर्दै त्यसलाई दोब्बर बनाउन साउदी अरेबियासँग आग्रह गरेका छन्।
नेपालका लागि साउदी अरेबियाका राजदूत राजदूत मुसैद एस अल मारवानीले आफूसँग गरेको शिष्टाचार भेटमा गृहमन्त्री थापाले साउदी अरब सरकारले नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै छिट्टै साउदी अरब र नेपालबीच श्रम सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए।
सो अवसरमा राजदूत मारवानीले नेपाली कामदार मेहनती र इमान्दार रहेको भन्दै साउदीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न चाहेको उल्लेख गर्दै नेपालको पर्यटन वर्ष सफल पार्न सक्दो सहयोग रहने बताएको गृह मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।