दुबई- कतारले एएफसी एसियन कप फुटबल प्रतियोगिताको उपाधि पहिलो पटक जितेको छ। शुक्रबार अबुधावीको जायेद सिटी स्पोर्ट्स रंगशालामा भएको फाइनलमा भिडन्तमा एसियन पावर हाउस जापानलाई ३-१ गोलले पराजित गरेर कतार एसियाको नयाँ च्याम्पियन बनेको हो।
सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारका लागि खेलको १२ मिनेटमा अल्मोज अलीले पहिलो गोल गरे। २७ मिनेटमा डबिलाजी हडबिजले कतारतको अग्रता दोब्बर पारेपछि जापान स्तब्ध बनेको थियो।
६९ मिनेटमा जापानले गोल फर्काउदै झिनो आसा बाँकी राखेको थियो। जापानका लागि ताकुमी मिनामिनोले गोल गरेका थिए। तर खेल सकिन ७ मिनेट बाँकी छदा कतारले तेस्रो गोल गर्दै जिततर्फ अघि बढेको थियो। कतारका लागि ८३ मिनेटमा अक्रम हसन अफिफले पेनाल्टीमा गोल गरेका थिए।
कतारले पहिलो पटक उपाधि जितेसँगै जापानको पाँचौ पटक उपाधि जितेर इतिहास बनाउने लक्ष्य चकनाचुर भयो।
फाइनलमा खाएको गोल कतारले प्रतियोगितामा खाएको एक मात्र गोल हो। उसले उपाधि जित्ने क्रममा लगातार ७ खेलमा जित निकाल्यो। जसमा फाइनल बाहेक ६ खेलमा गोल खाएन।
अब जापान र कतारले कोपा अमेरिका २०१९ मा आमन्त्रित टिमको रुपमा प्रतिस्पर्धा गर्नेछन्।
कतारका लागि प्रतियोगिताभर ९ गोल गरेका अलमोइज अली उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित भए भने कतारकै साड अल शिख उत्कृष्ट गोलकिपर भए।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।