काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीसँग भएका सम्झौता सरकारले लागू गरेको बताएका छन्।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले प्रधानमन्त्रीकोे अग्रसरतामा डा केसीसँग भएका सहमतिलाई मूलभूत रूपमा विधेयकमा समेटिएको बताए। 'अब सैद्धान्तिक कुरा गरेर हैन, चिकित्सा क्षेत्रको सुधारका लागि आयोग बनाएर काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु,' उनले भने।
मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग र सीपलाई उत्पादनसँग जोड्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए। नेपाल संस्कृत विश्व विद्यालयले पूर्वीय दर्शन, संस्कृति र वाङ्मयभित्र रहेको ज्ञानलाई आधुनिकतासँग जोडेर जडीबुटी–आयुर्वेद–योग र प्राकृतिक चिकित्साविज्ञानलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।