संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ।
राष्ट्रसंघको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसंघका कर्मचारीको मृत्यु भएको हो भने अरु ८ जना सर्वसाधारण परेका छन्।
उनीहरू सबै जना घृणित आक्रमणमा परि मारिएको राष्ट्रसंघीय प्रवक्ता स्टेफन दुजार्रिकले बिहीबार जानकारी दिए।
यद्यपी, सन् २०१८ मा मारिनेहरूको संख्या पछिल्ला पाँच वर्षमा सबैभन्दा कम भएको पनि उनले बताए।
यो संख्या सन् २०१७ को भन्दा आधा कम भएको नियमित पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
राष्ट्रसंघले तयार पारेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै ११ जना अफ्रिकी मुलुक मालीमा मारिएका छन्।
त्यसपछि धेरै प्रजातान्त्रिक गणतन्त्र कंगोमा ८ जना र मध्य अफ्रिकामा ७ जना मारिएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१२ देखि अहिलेसम्म शान्ति स्थापना कार्यमा खटिएका मध्ये तीनसय ४४ जना विभिन्न आक्रमणमा परि मारिएको राष्ट्रसंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।