राजविराज– नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले शुक्रबार राजविराजमा प्रदर्शनसहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।
विगतमा गरेको सहमतिविपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएको विरोध तथा डा गोविन्द केसीको समर्थनमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।
डा केसीको माग पुरा गर, प्रधानमन्त्री केपी ओली मुर्दावादलगायतका नारा लगाउँदै मसाल जुलुससहित जनआन्दोलन चोकमा भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाए।
विद्यार्थीले पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको छ। लगत्तै प्रहरीले पक्राउ गर्ने भयले विद्यार्थीहरु तितरवितर भएका छन्।
१६औं चरणको आमरण अनसनमा बसेको २४औं दिनसम्म पनि सरकारले केसीका माग सम्बोधन गर्न कुनै पहल नगरेकाले प्रदर्शनसहित पुत्ला जलाइएको विद्यार्थीले जनाएका छन्।
यसैबिच नेविसंघकाे धनुषास्थित राराब क्याम्पस एकाइ कमिटीले पनि जनकपुरको भानु चाेक र शिव चाेकमा प्रधानमन्त्रीकाे पुत्ला दहन गरेका छन्।
नेविसंघ केन्द्रिय कार्यसमितिको पुर्व निर्धारित विरोध कार्यक्रमअनुसार आज तेस्रो दिन जनकपुर राराब एकाइ कमिटीका सभापति सुजित यादवको अध्यक्षतामा पुत्ला दहन कार्यक्रम गरिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।