काठमाडौं– पूर्व पञ्चहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच एकीरण भएको छ।
शुक्रबार राजधानीमा पार्टी एकीकरण घोषणाको आयोजना गर्दै राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र लोहनी नेतृत्वको एकिकृत राप्रपा(राष्ट्रवादी)बीच एकता भएको घोषणा गरिएको हो।
दुई पार्टी एकीकरणपछि बनेको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने प्रस्ताव गरिएको छ। गत बिहीबार राणा र लोहनीले १० बुँदे पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका थिए।
उक्त आधारपत्रमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुख्य नीति र सिद्धान्त हुने उल्लेख छ, जुन थापा नेतृत्वको राप्रपाले पनि उठाइरहेको छ।
२०७३ सालमा राणा नेतृत्वको राप्रपा र अर्का पूर्व पञ्च कमल थापा नेतृत्वको राप्रपा, नेपालबीच एकता भएको थियो। तर, एकताको आठ महिनामै उनीहरुबीच विभाजन आएको थियो।
थापासँगको विभाजनपछि राणा र लोहनीले छुट्टाछुट्टै पार्टी खोलेका थिए। सरकारविरुद्ध आक्रामक पार्टी एकीकरण सभालाई सम्बोधन गर्दै नेताहरूले सकारप्रति आक्रोस पोखेका छन्।
नेता डा. प्रकाश चन्द्र लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने बताउँदै संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र आवश्यक भएको बताए।
सरकारप्रति कडा प्रतिक्रिया जनाउँदै लोहनीले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए।
‘स्थिर सरकार शुसासन होइन स्थिर कुशासन ल्याउँदैछ,’ उनले भने, ‘एनसेल, सुनकाण्ड, वाइडबडी यो ‘हाटहुट लाटलुट’ प्राइभेट कम्पनीका कारणले अर्बौं भ्रस्टाचार हुँदैछ।’
लोहनीले सरकारको अपरिपक्व कुटनीतिक शैली देखाएको पनि आरोप लगाए। त्यस्तै अर्का नेता पूर्वहरि बस्नेतले वैकल्पिक प्रजातान्त्रिक शक्तिको खाँचो औल्याए।
उनले बृहत प्रजातान्त्रिक एकताको अपरिहार्यता रहकोको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।