राजविराज- यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी सदरमुकाम राजविराजवाट ४ महिलासहित १० जनालाई पक्राउ गरेको छ।
राजविराज नगरपालिका-७ स्थित राजदेवी र दिपसाजन लजमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको हो।
लजमा असामाजिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा चेकजाँच गर्दा ६ पुरुष र ४ महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले उनीहरुको नाम खुलाएको छैन।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भावेश रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।