काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्तिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीचको एकीकरण घोषणा सभामा राजतन्त्र समर्थक नारा लगाइएको छ। पूर्व पञ्चहरु पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका यी दुई पार्टी बीच बिहीबार पार्टी एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो।
आधारपत्रमा राजतन्त्रबारे कुनै उल्लेख नभएपनि सभामा आएका समर्थकले राजासमर्थक नाराबाजी गरेका हुन्। उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेनारा लगाएका थिए। दिउसाे १ बजेदेखि राजधानीकाे राष्टि्य शभा गृहमा पार्टी एकिकरण सभामा राप्रपाका नेता कार्यकर्ता आउनेक्रम जारी छ। एकीकरणको घोषणा भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति भएको छ। पार्टीको चुनाव चिह्न भने 'हलो' हुने समझदारी बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।