काठमाडौं– नेपाल विद्यार्थी संघले सिंहरबारअघि सरकारको विरुद्धमा प्रदर्शन गरेको छ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय र अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेविसंघले शुक्रबार सिंहदरबारको पश्चिमी गेटअघि प्रदर्शन गरेको हो।
निषेधित क्षेत्रमा गरिएको विरोध रोक्न प्रहरी आउन नपाउँदै प्रदर्शनकारी विद्यार्थी तितरवितर भएका थिए।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा गरिएको विरोध प्रदर्शन पाँच मिनेटमै सकिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।