काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच आज एकता हुँदैछ।
पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका यी दुई राप्रपाबीच एकीकरणको आधारपत्रमा बिहीबार हस्ताक्षर भएको थियो।
पार्टी एकता घोषणा आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुनेछ।
एकीकरणको घोषणा भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति भएको छ। पार्टीको चुनाव चिह्न भने 'हलो' हुने समझदारी बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।