बेइजिङ– विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाएको छ।
केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीव्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो।
सन् २०१७ मा सुनको विश्वभर जम्मा ४ हजार ३ सय ४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा ४ प्रतिशतको वृद्धि देखिएको डब्लुजीसीले रिपोर्टमा उल्लेख गरेको छ।
हरेक मुलुकको केन्द्रीय बैंकद्वारा हुने सुनको खरिदमा अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा ७४ प्रतिशतले वृद्धि भई जम्मा ६५१.५ टन पुगेको छ।
यो आर्थिक वर्षमा सुनको कारोबारमा अहिलेसम्मकै दोस्रो धेरै खरिदबिक्री भएको प्रतिवेदनमा उल्लेख छ।
गत वर्षमा गहनाका लागि २ हजार २ सय टन सुनको माग रहेको थियो। यो अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो।
सुनको सिक्का र बारहरूको लागि सुनको मागमा पनि चार प्रतिशतको वृद्धि आई गत वर्ष जम्मा एक हजार ९० टन पुगेको छ।
सुनमा आधारित विनिमय व्यापार कोष तथा अन्य उत्पादनमा भने सुनको मागमा भने अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ६७ प्रतिशतले कमी आउँदा यस शीर्षकका लागि जम्मा ६८.९ टन माग देखिएको छ।
गत वर्ष प्रविधि क्षेत्रमा ३३४.६ टन सुनको प्रयोग भएको छ, जुन अघिल्लो वर्षको तुलनामा जम्मा एक प्रतिशत बढी हो।
स्मार्ट फोनको बिक्रीमा देखिएको मन्दीका कारण प्रविधि क्षेत्रमा सुनको प्रयोगमा कमी आएको डब्लुजीसीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।