ओबोक– आप्रबासी बोकेको डुङ्गा दुर्घटनामा परि जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ।
अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेका दुई डुङ्गा शुक्रबार दुर्घटना हुँदा कम्तिमा १ सय ३० जना बेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ।
यसैबीच धेरै मानवीय क्षति हुने यस्ता घटना तत्काल नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय निकायहरुले क्षेत्रीय नेताहरुलाई आग्रह पनि गरेका छन्।
उद्धारकर्ताहरुले घटनास्थल जिबुटीको उत्तरपूर्वी क्षेत्र ओबोकबाट शव निकाल्ने क्रम चलिरहेको बताएका छन्।
उनीहरूले खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने पनि बताएका छन्।
दुर्घटना भएको डुङ्गामा रहेका अधिकांश यात्रु इथियोपियाका नागरिक रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।