काठमाडौं- जिल्ला अदालत काठमाडौका नासु भोलानाथ चालिसे घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।
चालिसे सवारी ज्यान मुद्दा सहज बनाइदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
अदालतका कर्मचारीले मुद्दा मिलाउन रकम मागेको सूचनाको अधारमा अख्तियारको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले नासु चालिसेलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
जिल्ला अदालत काठमाडौंको भवन परिसर बबरमहलबाट उनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
उनी ३ वर्षदेखि काठमाडौं जिल्ला अदालतमा कार्यरत थिए। उच्च अदालत पाटनमा सरुवा भए पनि अटेर गरी उनी पुन: जिल्ला अदालतमै बसेका थिए। उनी नेपाल निजामती कर्मचारी संगठन काठमाडौंका उपाध्यक्ष पनि हुन्। संगठनको धम्की दिँदै उनी अदालत नै फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।