काठमाडौं– शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नाे स्थानबाट उठेका थिए। त्यसपछि सभामुखले कांग्रेस सांसद मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए।
रिजालले आफ्ना नेताका नाममा खुलेका अस्पताल, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त प्रकरण, भेनेजुएला प्रकरणमा सरकारको प्रतिक्रिया, सभामुखको भूमिकाको विषयमा आफ्नो धारणा राखेका थिए।
'नेपालको लोकतान्त्रिक स्पेस जोगाउने कि नजोगाउने, संविधानले दिएको बाटो जोगाउने कि नजोगाउने, संसदीय मर्यादा र परम्परालाई बलियो बनाउने कि नबनाउने? हामीले त्यो बाटो समात्नुपर्छ। डा गोविन्द केसीको पनि ज्यान जोगिनुपर्छ', रिजालले भने, 'वार्ता र छलफलबाट काम गर्ने प्रसस्त अवसर छन्। विगतको अनुभवको आधारमा पनि सत्ता र प्रतिपक्ष एक ठाउँमा उभिएर कामहरु गर्न सक्छौं। त्यसरी काम गर्ने वातावरण बनोस्। त्यो वातावरण नबन्दासम्म प्रतिनिधिसभाको बैठकको कारबाही अगाडि बढ्न सक्दैन।'
प्रतिनिधिसभाको अर्को बैठक आइतबारको लागि तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।